प्रधानमन्त्री बन्ने दौडमा एक्लै दौडेपनि फस्ट भएनन् प्रचण्ड ,मतदान भने भोलि हुदै read more news

5:43 AM


काठमाडौं,१८ साउन । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मात्र उम्मेदवारी परेको छ । प्रधानमन्त्रीको उम्मेदवार दर्ताका लागि सोमबार विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो । तर, प्रचण्डको मात्र उम्मेद्वारी परेको संसद सचिवालयका सहप्रप्रचण्डले विहान ११ बजेर २५ मिनेटमा समर्थक दलका नेताहरुसहित उम्मेद्वारी दर्ता गरेका थिए । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृृष्णबहादुर महरा, उपेन्द्र यादवसहितका नेताहरु छन् ।
pushpa-kamal-dahal-2009-12-22-18-12-16
अघिल्लो दिनसम्म अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको थियो । तर, मंगलबार विहान बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेद्वारी नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रचण्ड सर्वसम्मत नहुने, मतदान गर्नैपर्ने

एक्लो उम्मेदवार भएपनि माओवादी अध्यक्ष प्रचण्ड सर्वसम्मत प्रधानमन्त्री भने बन्ने छैनन् । संसदको नियमावली अनुसार मतदान प्रक्रियामा लैजानुपर्छ । बुधबार विहान ११ बजेको संसद बैठकमा प्रधानमन्त्री पदको निर्वाचन हुनेछ । र, प्रचण्डको उम्मेदवारी प्रस्तुत भएपछि पक्ष विपक्षमा मतदात हुनेछ ।

संसदमा अहिले ५९५ सांसद छन् र प्रधानमन्त्रीमा निर्वाचित हुन २८८ मत आवश्यक पर्छ । अहिलेसम्मको अवस्था हेर्दा प्रचण्डको पक्षमा ३६६ भन्दा बढी सांसद देखिएका छन् ।उनको विपक्षमा संसदको दोस्रो ठूलो दल एमालेसहित केही साना दल छन् । संसदको चौथो ठूलो दल राप्रपा नेपालले भने प्रचण्डलाई मत दिने नदिने भन्ने निर्णय गर्न बाँकी छ ।वक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

You Might Also Like

0 comments