ब्राजिलमा ओलम्‍पिक खेललाई लिएर प्रहरी र प्रदर्शनकारीबीच झडप READ MORE NEWS

4:06 AM



एजेन्सी, साउन २०। ब्राजिलको रियो दि जेनेरियोमा ओलम्पिक टर्च रिलेको दौरानमा त्यहाँको प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेका छन्। जसबाट दर्जन बढी प्रदर्शनकारी घाइते भएको बीबीसीले जनाएको छ।



उनीहरुले ओलम्पिक खेलका लागि गरिएो टर्च रिले खर्च धेरै भएको भन्दै विरोध प्रदर्शन गर्दै आएका थिए। प्रदर्शनकारीले ओलम्पिक टर्च रिले निभाउने प्रयास गरेका थिए।

शुक्रबार माराकान स्टेडियममा ओलम्पिक खेल सुरु हुनु भन्दा त्यहाँका प्रदशर्नकारीले स्टेडियम अगाडी प्रदर्शन तथा रिले अनशन गर्ने
अनुमान गरिएको छ।



यता, आयोजकका अनुसार ब्राजिलमा ओलम्पिक खेलका लागि करीब १० लाख टिकट बिक्री हुन बाँकी छ। ब्राजिल आर्थिक मन्दी र राजनीतिक संकटबाट पनि गुज्रिरहेको छ

You Might Also Like

0 comments