चित्रबहादुर केसीले भने– हत्यारालाई उन्मुक्ति दिने प्रचण्डलाई छोड्नु हुँदैन (भिडियो सहित) watch video news

8:18 PM



मिडिया एनपी, काठमाडौं, २१ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतको फन्दा परिने डरले सताएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले युद्धताका गरेको युद्धको नियम विपरीतको कार्यले नेकपा माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड सहितका नेताहरु अन्तर्राष्ट्रिय समुदायले गर्ने कारबाहीबाट डराएको बताएका हुन् ।

२०५२ देखि २०६२ सालसम्म चलेको सशस्त्रयुद्धमा युद्धको नियम विपरीत माओवादीले हत्या हिंसाको कार्य गरेकाले नेपालीले छाडेपनि अन्तर्राष्ट्रिय समुदायले नछाड्नेहत्या, हिंसा, बलात्कारजस्ता कार्यमा संलग्न आफ्नो पार्टीका नेताहरुलाई मन्त्रिपरिषद्को बैठकबाट उन्मुक्ति दिने प्रचण्डलाई छाड्न नहुने चेतावनी दिएका अध्यक्ष केसीले बाह्य मुलुकको निर्देशनमा प्रचण्ड चलेको आरोप पनि लगाए ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा ८ वटा मन्त्रालयमा रजाइँ गरेर माओवादी बाहिरिनुको कारण प्रचण्ड भारतको इशारामा चलेको बताउँदै उनले सरकारबाट बाहिरिएर अविश्वासको प्रस्ताव ल्याउनु पर्ने कुनै कारण नभएको जिकीर गरे ।
नेपालले संविधान बनाउँदा, सरकार गठन गर्दा ६–६ महिना नाकाबन्दी व्यहोर्नु पर्ने, संविधान च्यात्ने तथा संविधानसभाबाट बाहिरिएको भन्नेहरु सरकार बनाउन र गिराउन संसद्मा उपस्थित हुनेहरुसँग प्रचण्डको साँठगाँठले भारतको इशारामा वर्तमान सरकार बनेको केसीको दाबी छ । यसले मुलुकको स्वाधीनता, सार्वभौम सत्तालाई प्रष्ट्याएको अध्यक्ष केसीले बताए ।
बाह्य मुलुकको केही उदाहारण प्रस्तुत गर्दै केसीले अन्तर्राष्ट्रिय समुदायले आफू अनुकुलको नेताहरुलाई परिचालित गर्ने अन्तिममा सिध्याउने बताए । यसबाट प्रचण्ड अछुतो रहन नसक्ने उनको अनुमान छ ।
वैदेशिक रोजगारमा युवाहरु विदेश जाँदा गाउँघरमा खेती गर्न खेताला नपाइएपनि सरकार बनाउन र गिराउन संसद्मा खेताला पाइने उनको टिप्पणी छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले आफूले नौ महिना सरकारमा विताउँदा नयाँ अनुभव गर्न पाएको बताए । ‘सरकारमा जान नेताहरु किन हानथाप गर्छन् भनेको त त्यहाँ कमाउन पाइँदो रहेछ’, उनले भने, ‘छिट्टो कमाउन राजनीतिक पो गर्नुपर्दाे रहेछ ।’
संघीयता चाहानेहरु नै अहिले संघीयतादेखि डराएको दावी गरेका अध्यक्ष केसीले संघीयताले समाजलाई विभाजन गर्ने, भौगोलिक विखण्ड गर्ने जिकीर गरे । उनको ठोक्कुवा छ ।

You Might Also Like

0 comments