प्रधानमन्त्री प्रचण्डद्वारा सपथ ग्रहण, २ उपप्रधान सहित ३ जना मन्त्रीले पनि सपथ लिए READ MORE NEWS
3:48 AM
![]() |
मिडिया एनपी, काठमाडौं, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् । बिहीबारै प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण पनि गर्नेछन् ।
बुधबार भएको प्रधानमन्त्रीको निर्वाचनमा ३६३ मत प्राप्त गरी प्रचण्ड मुलुकको ३० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । ५७३ जना सांसदहरु मतदानमा सहभागी भएका थिए । जसमा प्रचण्डको विपक्षमा २१० मत परेको थियो ।
२ उपप्रधानमन्त्री सहित ३ मन्त्रीहरुले पनि लिए सपथ
प्रधानमन्त्री प्रचण्डलाई सपथ गराए लगत्तै राष्ट्रपति विद्यादेवीले उपप्रधानमन्त्री पदमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा र नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छिन् ।
यस्तै भण्डारीबाट माओवादीका तर्फबाट गौरीशंकर थारुलाई कृषि र दलजित श्रीपाइली युवा तथा खेलुकद र रमेश लेखकलाई भौतिक योजना मन्त्रीको पद तथा सपथ ग्रहण गराएका हुन् । यो सँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ ।
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी, घर्ती, प्रधानन्यायाधीश सुशील कार्की, सांसद तथा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरु सहभागी भएका थिए ।
यस्तै संवैधानिक अङ्गका प्रमुखहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सुरक्षा अङ्गका प्रमुखहरु, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी तथा उद्योगी, पत्रकार, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो

![]() |
0 comments