प्रचण्डद्वारा ६ सदस्यीय मन्त्रिमण्डल गठन, को–को बने मन्त्री ? READ MORE NEWS
3:44 AM
![]() |
काठमाडौं, २० साउन । माओवादी अध्यक्ष प्रचण्डले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा माओवादीबाट उपप्रधानमन्त्रीसहित तीन मन्त्री बनेका छन् भने कांग्रेसबाट भने उपप्रधानमन्त्रीसहित दुई जना मन्त्री बनेका छन् । मन्त्री बन्नेहरुमा माओवादीबाट उपप्रधानमन्त्रीमा कृष्णबहादुर महरा तथा दलजीत श्रीपाली युवा तथा खेलकुद मन्त्री र गौरी शंकर चौकरी कृषिमन्त्री बनेका छन् ।
कांग्रेसबाट विमलेन्द्र निधि उपप्रधानमन्त्री बनेका छन् भने रमेश लेखक भौतिक योजना तथा पूर्वाधारमन्त्री बनेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विषेश समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सुरुमा प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनियताको सपथ खुवाइन् भने त्यसपछि दुई उपप्रधानमन्त्री र तीन मन्त्रीलाई छुट्टाछुट्टै सपथ खुवाइन्

![]() |
0 comments