भनेजस्तो मन्त्रालय नपाएपछि अर्जुननरसिंह केसीले गरे सपथ ग्रहण बहिष्कार ,सरकारमा जाने वा नजाने अनिश्चित read more news

3:42 AM

arjun narsinha

काठमाडौं,२० साउन । आफूले रोजेको मन्त्रालय र वरियताक्रम नपाएपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले आज हुने सपथ ग्रहणमा सहभागि नहुने भएका छन् ।

केसीलाई पार्टी सभापति शेरबहादुर देउवाले पहिला रक्षा र त्यसपछि स्वास्थ्य मन्त्री बन्न आग्रह गरेका थिए । केसीले भने उपप्रधानसहित मन्त्रालय पाउनु पर्ने माग गरेका थिए । केसीले उपप्रधान नपाएमा गृह वा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको माग गरेका थिए । तर कुनै माग पुरा नभएपछि उनले आज हुने सपथ ग्रहणमा सहभागि नहुने बताएका छन् । उनी अब सरकारमा जाने वा नजाने अनिश्चित भएको छ ।


केसीका भाइ जगदीश्वर नरसिंह केसीले भने, ‘उनले मन्त्री पदभन्दा पनि पार्टीको राजनीतिक संस्कार र वरियता पनि महत्वपूर्ण हुने भएकोले आज सपथमा नजाने बताएको छ ।

You Might Also Like

0 comments