वीरबहादुरको गुनासाे,’ मृत्यु भएको ५ वर्ष भयो, छोराको शव कसले ल्याइदेला READ MORE NEWS

6:29 PM

काठमाडौं, २० साउन ।करिब पाँच वर्षअघि साउदी अरबमा मृत्यु भएका हर्षबहादुर खत्रीको व पहिचान खुलेको महिनौं भइसक्दा पनि नेपाल झिकाउन सकिएको छैन ।

मृत्यु भएको खबर पुष्टि भएपनि शब भेट्टाउन नसकिएपछि तीन वर्षअघि मृतकका बाबु वीरबहादुरले कुशको बव बनाएर छोराको किरिया ग किरियाको वर्षौपछि साउदी अरबको रियादस्थित दूतावासले गत वैशाखमा खत्रीको परिवारलाई खबर पठायो, ‘तपाईको छोराको शब फेला पर्यो ।’ तर यस्तो सूचना पाएको तीन महिना बितिसक्दा पनि शव नेपाल ल्याइएको छैन ।

शब ल्याउने पहल गर्न गत जेठमा वीरबहादुर बाँके ए गाउँ सीतापुरबाट काठमाडौं आएका थिए । त्यतिबेला परराष्ट्र मन्त्रालयदेखि कन्सुलर शाखासम्म र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृहमन्त्रालयसम्म धाएको गुनासो पोख्दै वीरबहादुरले भने, ‘छिट्टै हुन्छ भनेका थिए, केही खबर पाएका छैनौं ।’

छोराको शब आउने आसमा बसेकी वीरबहादुरकी पत्नीको रातोदिनको रुवाई रोकिएको छैन । वीरबहादुरले भने, ‘छोराको अनुहार मात्रै देख्न पाए हुन्थ्यो भन्ने उसको इच्छा छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ

You Might Also Like

0 comments