भारतीय राजदूत बिहानै प्रचण्ड निवासमा, बधाई दिनेको घुईंचो read more news
7:57 PM
![]() |
काठमाडौं, २० साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय राजदूत रन्जित रेले प्रचण्ड निवासमै पुगेर बधाई दिएका छन् । बिहीबार बिहानै उनी लाजिम्पाट पुगेर प्रचण्डलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यसअघि बुधबार प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर प्रचण्डलाई बधाई तथा शुभकामना दिनुका साथै भारत भ्रमणको निम्तोसमेत दिएक थिए । नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले पनि बुधबारनै प्रचण्ड निवास लाजिम्पाटमा पुगेर चिनियाँ प्रधानमन्त्री र चिनियाँ नागरिकका तर्फबाट बधाई दिएका थिए। बिहीबार बिहानैदेखि प्रचण्ड निवासमा बधाई तथा शुभकामना दिनेहरुको घुईंचो लागेको छ

![]() |
0 comments