रक्सी खाएर होहल्ला गर्ने गर्नेलाई जरिवाना गर्नथालेपछि सुध्रिए पुरुष read more news
8:18 PM
![]() |
कालिकोट जिल्लाको माल्कोट गाविस जडेमुलका महिला यतिवेला जाँडरक्सी नियन्त्रण अभियानमा लागेका छन् । यहाँका महिलाले नागरिक सचेतना केन्द्र स्थापना गरी जाँडरक्सी नियन्त्रण अभियानमा लागेका हुन् ।
जातिगत हिसाबले क्षेत्री जातीको बाहुल्यता रहेको यस गाउँमा आर्थिक सामाजिक रुपले पछाडी परेको तर, गाउँमा रहेका पुरुषहरूले जाँडरक्सी खाएर होहल्ला गर्ने सामाजिक विकृति फैलाउने काम गर्ने भएका कारणले महिलाहरूले जाँडरक्सी नियन्त्रण गर्न लागेका हुन् ।जाँडरक्सीको नियन्त्रण भएका कारणले कारणले गाउँ अहिले शान्त रहेको छ भने घरेलु हिंसाको घटनामा कमी आएको छ । जाँडरक्सी खाने पैसा अहिले गाउँका पुरुषहरूले बचत गर्न थालेका छन् । चुलो चौकामा सिमित महिलाहरूलाई सामुदायिक विकास कार्यक्रम ९आरआरएन० नेपालले गाउँमा विकृतिविरुद्ध जनचेतना जोगाउन नागरिक सचेतना केन्द्रको गठन गरेपछि यहाँका महिलाहरूले पहिलो मुद्दाका रुपमा नै गाउँमा जाँडरक्सी नियन्त्रण गर्ने पहिलो एजेण्डा बनाएको आरआरएन नेपालका जिल्ला संयोजक लिलाराज न्यौपाने बताए ।
‘सामाजिक रुपमा निकै पछाडी रहेका यहॉका महिलाहरू कुनै जनचेतनाका लागि अभियान चलाउने उद्देश्यका साथ सचेतना केन्द्रको गठन गरेका थियौं ।’ उनले भने,–‘महिलाहरूले सामाजिक विकृतिका रुपमा रहेको जाँडरक्सी नियन्त्रण गर्ने पहिलो अभियान थाले, यो प्रशंसनीय छ ।’
न्यौपानेका अनुसार कालिकोट जिल्लाका सबै गाउँमा महिलाले चलाएको जाँडरक्सी नियन्त्रणको अभियानलाई आफूले सघाउने कार्य योजना पनि बनेको छ । गाउँमा विकृतीका रुपमा रहेको महिलाको हिंसाको प्रमुख कारकतत्व रहेको जाँडरक्सी नियन्त्रण नगरे गाउँका विकृति फैलिने डर भएका कारणले आफूहरूले यसको नियन्त्रणमा लागेको नागरिक सचेतना केन्द्रका अध्यक्ष मामकोइला बटालाले बताइन् ।
‘नागरिक सचेतना केन्द्रमा छलफल हुँदा हामीले हाम्रा समस्याका सवाल पहिचान गर्यौ’ उनले भनिन्,–‘ जाँडरक्सी नियन्त्रण गर्नुपर्ने सवाल पहिलो प्राथमिकतामा पर्यो ।’ गाउँका महिलाले गरेको जाँडरक्सी नियन्त्रणको प्रयास नागरिक सचेतना केन्द्रको प्रयासले मात्र संम्भव थिएन ।
गाविसलगायत गाउँमा रहेका आमा समूह, केही सहयोगी पुरुषहरूसँग अनौपचारिक छलफल गरेर जाडरक्सी नियन्त्रणका अभियान चलाइएको पुल्ती बटालाले बताइन् । ‘हामीले गाउँमा रहेका सकारात्मक र नकारात्मक असरहरुको बारेमा लेखाजोखा गर्न गर्यौ ।’
उनले भनिन्,–‘जाडरक्सीविरुद्धमा अभियान संचालन गर्नको लागि सबैसँग छलफल गरेर उचित वातावरण तयार पार्यौ ।’ नागरिक सचेतना केन्द्रका महिलाहरूले उक्त अभियानलाई सफल गराउनको लागि पहिले आफ्नै घरबाट शुरुवात गरेर आफ्नो अभियानलाई सबै तिर जानकारी गराउन समुदायका गाविसभर नै यो अभियान थालिएको केन्द्रकी अध्यक्ष मामकोइला बटालाले बताइन् । ‘अहिले स्थानीयस्तरमा रक्सी उत्पादन हुन छाडेको छ ।’ उनले भनिन्,–‘जथाभावी जाडरक्सी खाएर समाजमा अश्लील गालीगलौज गर्दै हिड्नेमा पनि कमी आएको छ ।’
अहिले सो गाउँमा कसैले अटेरी गरी जाडरक्सी खाएर जथाभावी गरेको देखेमा महिलाहरु एकजुट भई तुरुन्तै आर्थिक, सामाजिक कार्वाही गर्ने गरेको स्थानीय कमल बटाला बताए । ‘महिलाहरू एकजुट भएको देख्दा अहिले गाउँका राजनीतिक दल र अन्य समाजसेवीहरूले पनि सहयोग गर्न थालेका छन् ।’ उनले भने,–‘अभियानले समुदायमा मेलमिलाप र एकताको सन्देश दिएको र घर परिवारमा हुने फजुल खर्च पनि नियन्त्रण भएको छ ।’
जाडरक्सी नियन्त्रणमा महिलाहरू लागेपछि गाउँका केही पुरुष आसपासका गाउँमा गएर खाने गरेको त्यसलाई पनि नियन्त्रणमा दायरामा ल्याउने तयारी भइरहेको स्थानीय महिलाहरूले बताएका छन् । त्यसका लागि महिलाहरू अहिले छलफल चलाउन थालेको रुपा बटालाले बताइन् । ‘केही पुरुषहरू आसापासमा गाउँमा गएर जाडरक्सी खान थालेका छन् ।’ उनले भनिन्,–‘हामी त्यसको नियन्त्रणमा लागि छलफल चलाइरहेका छौं ।’
गाउँका महिलाले गरेको जाडरक्सी नियन्त्रणको कामलाई गाउँका केही बौद्धिक बुढापाकाले समर्थन रहेको छ । गाउँमा जाडरक्सीका कारणले बेथिति भएको महिलाहरूको सक्रियाताले अहिले नियन्त्रणमा आएको त्यो काम गाउँका महिलाहरूले चालेको प्रंशसायोग्य भएको गाउँका ६५ वर्षीया बृद्ध नरबहादुर बटालाले बताए । ‘गाउँका महिलाहरू चालेको यो कदम निकै प्रसंशायोग्य छ ।’ उनले भने,–‘यसले गर्दा गाउँ विकास केही टेवा दिन्छ ।’
गाउँका पुरुषहरूले जाडरक्सी खान कम भएका कारणले गाउँको अवस्था सुधार हुदैँ गएको र रक्सी खाने पैसा जम्मा हुदैँ गएका कारणले गाउँमा आजकाल शान्त सजिलो रहेको मुना बटालाले बताइन् । ‘गाउँमा आजकाल शान्त छ ।’ उनले भने,–‘जाडरक्सी खाने पैसा आजकाल पुरुषहरूले बचत गर्न थालेका छन् ।’
जाडरक्सी सेवन महिला हिंसाको कारक तत्वका रुपमा समाजमा रहेका कारणले जाडरक्सी सेवन बन्द गर्ने अभियान शुरु भएपछि अहिले गाउँमा घरेलु महिला हिंसाका घटनामा कमी आएकाले गाविस सचिव बह्म खड्काले बताए । ‘गाउँका महिला नै जाडरक्सी बनाउने र बेच्ने महिला नै बढी हुने भएकाले यसविरुद्ध महिला नै एकजुट भएर पूर्णरुपमा नियन्त्रण र बन्द गर्ने अभियान चलाएको छ ।’ उनले भने,–‘बालविबाह, बहुविवाह, घरेलु हिंसा, यौन दुव्र्यवहार न्यूनिकरण हुदैँ आएको छ ।’
गाउँका महिलाहरूले नियम विपरित कसैले गाउँमा जाडरक्सी खाएर होहल्ला गरेको वा वेचविखन गर्ने जो कोहीलाई सुरुमा ५ सयदेखि १० हजारसम्म जरिवाना गर्ने त्यो पनि नमाने कानुनी प्रक्रियाका लागि अघि बढ्ने नियम समेत समूहले बनाएको छ । महिला समूहले गरेको उक्त कार्यलाई आसपास गाउँहरूले पनि सिको गर्न थालेका छन्

![]() |
0 comments