पोखराको फेवातालमा डुंगा पल्टिँदा हराएका दुई युवाको शव भेटियो READ MORE NEWS

9:40 PM



पोखराको फेवातालमा सोमबार दिउँसो डुंगा पल्टिँदा हराएका दुई युवाको शव भेटिएको छ।

पोखरा घुम्न आएका काठमाडौं चक्रपथका १९ वर्षका प्रतिक श्रेष्ठको शव स्विमिङ पुल नजिकै र बसुन्धराका २३ वर्षका एलिन केसीको शव क्याम्पियन चोक नजिकै तैरिरहेको अवस्थामा बिहीबार बिहान भेटिएको प्रहरीले जनाएको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शवको पोष्टमार्टम गरेपछि बिहीबारनै आफन्तको जिम्मा लगाइने कास्की प्रहरीले जनाएको छ।

You Might Also Like

0 comments