बाढीले तीन हजार हेक्टर धानबाली नष्ट read more news
5:52 AM
![]() |
नेपालगन्ज, १८ साउन । अघिल्लो हप्ता आएको बाढीले बाँकेमा ३ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली नष्ट गरेको छ । बाँकेको होलिया, फत्तेपुर, गंगापुर लगायत स्थानमा राप्ती नदीमा आएको बाढीले ठूलो परिमाणमा कटान, पटान र डुवान गरेको छ । डुवान, कटान र पटानबाट ठूलो हिस्सा धानबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ । - See more at: http://www.lightnepal.com/34842/#sthash.yP3crO7s.dpufजिल्ला कृषि कार्यालयका कृषि प्रसार अधिकृत धनबहादुर पुनले बाढीले ३ हजार हेक्टरमा लगाएको धानबालीमा क्षति पु¥याएको जानकारी दिए । जिल्लाका ४ वटै कृषि सेवा केन्द्रबाट क्षतिको विवरण संकलन भइरहेको बताउँदै कृषि प्रसार अधिकृत पुनले भने, ‘विगतको बर्ष जति क्षति नभएपनि बाढीले यस बर्ष पनि क्षति पु¥याएको छ ।’
उनले सेवा केन्द्रबाट केही दिन भित्र क्षतिको यथार्थ विवरण आउने समेत जानकारी दिए । गत बर्ष बाढीले ४ हजार ५ सय हेक्टरमा लगाएको धान बाली नष्ट गरेको थियो ।
फत्तेपुर–६, देउपुर्वामा मात्रै सयौँ विगाहा जमिनमा लगाएको धानबालीलाई राप्ती नदीले पटान गरेको छ । देउपुर्वाका दिप नारायण वर्माको १० विगाहा जमिनमा लगाएको धानमा नदीले बालुवा पटान गरेको छ । देउपुर्वाका बाढीपीडित विनोद कुमार वर्माले राप्ती नदीमा आएको बाढीले सयौँ विगाहा जमिन पटान गरिएको बताए ।
वर्माले फत्तेपुरको देउपुर्वा, लालपुर, खल्लाझगडियाका अधिकांश खेतमा नदीले वालुवा पटान गरिदिएको बताए । धान लगाएको खेतमा वालुवा पुरै पटान गरेको छ, लगाएको धान केही देखिदैन, खेत भरी बालुवा नै बालुवा छ,’ वर्माले भने, ‘हामीलाई नदीले सुकुम्बासी बनाउने भयो ।’
बागेश्वरी समरगाउँका छोटेलाल चौधरीले स्थानीय किरन नालाको बाढीले पुरै धान सखाप पारिदिएको बताए । ‘लामो समय बाढीले डुवान गरेका कारण लगाएको सबै धान नष्ट भयो,’ क्षेत्रीय कृषि अनुसान्धान केन्द्र खजुराका प्राविधिक अधिकृत समेत रहेका चौधरीले भने, ‘पुरै धान नष्ट भएको छ, फेरी लगाउँ भने विउ समेत छैन, मैले त छरुवा धान छरिदिएको छु, अरु किसानले त्यो समेत गरेका छैनन् ।’
बाँकेको राप्ती नदीका साथै किरन नाला, पेडारी नाला, डुडुवा नालामा आएको बाढीले समेत सयौँ विगहामा लगाएको धानबाली नष्ट गरिदिएको छ

![]() |
0 comments