सप्तरीको सीमावर्तीमा लड्नेलाई जागरुक युवा अभियानको सम्मान READ MORE NEWS

4:46 AM



काठमाडौं, साउन १७। गत विहीबार सप्तरीको तिलाठीमा भारतीयले एकतर्फी रुपमा निर्माण गरेको बाँध भत्काउन जाँदा भएको झडपमा घाइते बनेका दुर्गानन्द झा र देबनारायण यादवलाई जागरुक युवा अभियानले सम्मान गरेको छ।

अभियानले घाइते द्वय उपचाररत मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल (प्रस्तावित) मा पुगी खादा र ढाका टोपीले सम्मान गरेको हो। सम्मान ग्रहण गर्दै यादवले आफ्नो ज्यान रहेसम्म भारतीयलाई बाँध बनाउन नदिने प्रण गरे।

उनले आफु नहुँदा आफ्नो छोराले सिमानाको सुरक्षा गरिरहेको बताउदै कुनै हालतमा बाँध निर्माण गर्न दिन नहुने र त्यसकालागि स्थानीयले चालेको कदममा उच्चस्तरबाट सहयोग हुनुपर्ने बताए ।

जिल्ला दैवी प्रकोप समितिका अदक्ष्य समेत रहेका यादवलाई उपचारका लागि काठ्माडौको मनमोहन मेमोरियल अस्पताला, स्वयम्भुमा ल्याई भर्ना गरिएको छ। हाल उनीहरुलाई सधन उपचार कक्षमा राखेर उपचार गरिएको र उनीहरुको निशुल्क उपचारको व्यवस्था गरेको अस्पतालले जनाएको छ।

उनीहरुलाई मनमोहन अस्पताल सम्म ल्याउने काम भने ‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा भएको हो । उनलाई काठमाडौं ल्याएर प्रस्तावित मनमोहन शिक्षण अस्पताल सम्म पुर्याउनेमा प्रमुख भूमिका ठाकुर गैरेको रहेको यादवले बताएका छन् ।

कार्यक्रममा अभियानका सचिव जनार्दन पौडेलले ‘उनीहरु देशका सच्चा सिपाही भएको र उनिहरुसंग ३ करोड नेपाली संगै छ भन्ने संदेश दिन सम्मान गरेको बताए । पौडेलले घाइते दुबैलाई सम्मान गर्दै हिमाल पहाड तराई कोइ छैन पराइ हामी तराइबासीको साथमा छौ भन्दै सिम्वोलिक रुपमा भूमिपुत्रलाई काठमाडौबासीको माया भन्दै मायाको चिनोको रुपमा ढाकाटोपी लगाइदिएर सम्मान गरेको बताए।

अभियानका संयोजक घनश्याम श्रेष्ठले यादव र झा लगायत स्थानीयले चालेको कदमको कदर गर्दै सम्मान गरेको बताए । उनले हिमालदेखि तराईसम्मका सवै नागरिक नेपाली हुन भन्दै सप्तरीवासीले चालेको कदमलाई सवैले साथ दिई मुलुकको सिमाना जोगाउनुपर्ने बताए।

त्यस्तै अभियानका क्रियाशोल सदस्य बसन्त हुमागाईले देशको लागि योगदान दिने उहाँहरु जस्तो व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनु सौभाग्य भएको प्रतिक्रिया दिए ।

कार्यक्रममा जागरुक युवा अभियानका तर्फबाट घनश्याम श्रेष्ठ,रामजी बलामी,जनार्जन पौडेल,शिव धिताल, बसन्त हुमागाई, राजेश केसी, ज्ञानमणि नेपाल कालोटोपी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मनमोहन अस्पतालका तर्फबाट चिरञ्जिवी चुडाल र नवराज रुपाखेती समेत सहभागि थिए । युवा अभियानले वर्षिक रुपमा नेपाली टोपी दिवस पनि मनाउदै आएको छ।

You Might Also Like

0 comments