अब बन्ने अत्याधुनिक धरहराको भिडियो सार्वजनिक (भिडियो सहित) WATCH VIDEO NEWS
4:19 AMअब ४२ रोपनीको जग्गामा अहिले भग्नावशेष अवस्थामा रहेको धराहरालाई जस्ताको तस्तै राख्ने र सुनधारालाई पनि मर्मतसम्भार गरेर नयाँ बन्ने धराहराको क्षेत्रभित्रै समेट्ने जानकारी दिइयो । दुई तला जमिनमुनी हुने धराहराको जमिनमाथि ११ तला देखिने र यसको उचासंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरात्तत्व विभाग सहित सूचना तथा सञ्चार मन्त्रालयको सहभागितामा बन्ने धराहरामा संग्राहलय, दुई सय ५० वटा सवारी साधन अट्ने गरी तीन तलाको पार्किङ, रेष्टुरेष्ट, फोटो सेसनका लागि स्थानलगायत बन्ने गरी मन्त्रालयले सरकारलाई प्रस्ताव गरेको हो ।
धरहराकोबीचमा लिफ्ट रहने छ । जसमा आउने र जाने क्रममा छुट्टाछुट्टै ढोका खुल्ने आर्किटेक पन्थीले जानकारी दिए । धराहरामा नेपालीपन झल्कने गरी धाराहरु, बगैंचा, पानीको फोहोरा बनाइनेछ । धराहरा प्रवेश गर्ने र निकस्ने बाटो फरक फरक हुनेछ ।
यसअघिको धराहरोको ल्याण्डमार्ग सिंहदरबारसम्म कनेक्सन रहेको र अब बन्ने धराहराले पनि सोही अनुसारको हुने आर्किटेक पन्थीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवात गरेको ‘हाम्रो धराहरा हामीले बनाउँछौं’बाट एक करोड ९५ लाख रुपैयाँ संकलन भएको मन्त्री पोखरेलले बताए । जनताबाट संकलन हुने रकमबाट अपुगजति नेपाल टेलिकमले दिने सहमति भएको पनि उनको भनाइ छ ।
अत्याधुनिक धराहरा निर्माणका लागि आह्वान गरिँदा ६ वटा प्रस्ताव परेको र त्यसमध्य आर्किटेक विष्णु पन्थीको प्रस्तावलाई मन्त्रालयले स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिए ।आठ रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोधी उक्त धराहराले विश्वमा नेपालीको पहिचानको रुपमा रही पर्यटन भित्र्याएर मुलुक निर्माणमा ठूलो सहयोग पुग्ने अपेक्षा मन्त्री पोखरेलको छ । पशुपतिनाथको मन्दिरपछि पर्यटन भित्र्याउने र राजश्व संकलन धराहराले गर्ने उनको भनाइ छ ।ई दुई सय ४५ फिटको हुने धराहराको डिजाइनर (आर्किटेक) विष्णु पन्थीले जानकारी दिए ।दिए ।
0 comments