जसरी ओली बालुवाटार पसेका थिए त्यसरी नै निस्किए READ MORE NEWS

6:08 PM




काठमाडौं, २० साउन ।नयाँ प्रधानमन्त्री चयन हुनुअघि बुधवार प्रधानमन्त्री निवास बालुवाटारबाट संसदका लागि निस्केका ओली त्यहाँ चुनाव सकिएपछि सीधै बालकोटस्थित आफ्नो घर फर्किए ।

बालुवाटारमा पीपलको बिरुवा रोपेर बाहिरिएका ओलीलाई संसद भवनबाट युवाको र्यालीले इस्कर्टिङ गरेको थियो । ९ महिनाअघि जुन उत्साह र खुसीसाथ उनी बालुवाटार पसेका थिए, त्यही शैलीमा बालकोट फर्किए । ९ महिनाको छोटो अवधिमा ओलीले राम्रारनराम्रा दुवै काम गरे । तर राजनीति, कुटनीति र विकास समृद्धिका केही विषय यसरी बाहिर आए, जसका कारण उनी सधै सम्झिइने पात्र बनेका छन् ।

भारतले गरेको नाकाबन्दी, एकतर्फी परनिर्भरता तोड्ने गरी चीनसँग भएको पारवहन सम्झौता ओलीको इतिहासका बहिखातामा लेखिने महत्वपूर्ण बुँदा हुन् । भारतीय पक्षसँगको मात्र परनिर्भरता तोड्न उनले चीनसँग रणनीतिक खालको सम्झौता गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।

You Might Also Like

0 comments