खुसीयालीमा ‘प्रचण्ड देशद्रोही हुन्’ भनेपछि READ MORE NEWS

6:05 PM




काठमाडौं, २० साउन ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो । खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले गरेका थिए ।

करिब ५० जनाको हाराहारीमा केन्द्रका कार्यकर्ताले मैनबत्ती बालेर विजय उत्सव मनाइरहेका बेला एकजना अर्धनग्न युवा प्रचण्ड देशद्रोही हुन् भन्दै नारा लगाउन थालेको थिए ।

माओवादीको वाहीवाही र जिन्दाबाद नारा लागिरहेको बेला शरीरमा प्रचण्ड देशद्रोही हुन्, विकासविरोधी हुन् भन्ने नारा लेखेर ती युवा चिच्याउन थालेपछि उनी माओवादी केन्द्रका कार्यकर्ताको निशानामा परे ।

कार्यक्रममा सहभागीले ती युवालाई कुटपिट गरेपछि प्रहरीले उनलाई सुरक्षित स्थानमा लग्यो । उनले आफू कुनै पार्टीको पनि कार्यकर्ता नभएको बताए । उनले प्रचण्डले भारतीय इसारामा केपी ओली नेतृत्वले भारतीय इसारमा केपी ओली नेतृत्वको सरकार ढलाएर विकासविरोधी काम गरेको आरोप लगाए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

You Might Also Like

0 comments