नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई मोदीको बधाई READ MORE NEWS

5:04 AM



मिडिया एनपी, काठमाडौं, १९ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रचण्डलाई मोदीले टेलिफोन गरेर बधाई दिएका मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत पनि बधाई तथा शुभकामना दिएका हुन् ।

त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले पनि प्रचण्ड निवास लाजिम्पाटमै पुगेर प्रचण्डलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

बुधबार भएको प्रधानमन्त्रीको निर्वाचनका बहुमत प्राप्त गरी प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

You Might Also Like

0 comments