सरकारमा जाने नेतृत्वबारे कांग्रेसमा चर्को विवाद READ MORE NEWS
6:15 PM
![]() |
काठमाडौं, २० साउन ।कांग्रेस सभापति शेरबाहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने केही मन्त्री र नेतृत्व चयनका लागि प्रभावशाली केन्द्रीय सदस्य र पदाधिकारीको बैठक बोलाएका छन्
उक्त बैठकले सरकारमा सहभागी हुने केही मन्त्री र सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय गर्ने जनाइएको छ । मन्त्री बन्ने आकांक्षीको संख्या बढीभएपछि देउवाले बैठक बोलाएका हुन् । बैठक आज बिहान बस्दैछ ।
सरकारको नेतृत्वका लागि नयाँ गठबन्धन निर्माणका लागि कांग्रेसबाट सक्रिय र नेतृत्वदायी भूमिका खेलेका विमलेन्द्र निधि मुख्य दाबेदार हुन् ।
उनका साथै गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले पनि सरकाको नेतृत्व दावी गर्दै आएका छन् ।
कांग्रेसबाट सरकारको नेतृत्व गर्ने तीव्र इच्छा व्यक्त गरेका नेता निधिलाई पार्टी उपसभापति वा उपप्रधानमन्त्रीमध्ये एक पद रोज्न दबाब परेको छ ।
स्रोतका अनुसार देउवाले उपसभापति बनाउने इच्छा व्यक्त गरेपनि निधिको उपप्रधानमन्त्री हुने इच्छाका कारण सरकारको नेतृत्वमा उनैलाई पठाउने तयारी भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

![]() |
0 comments