गर्मीमा घ्युकुमारीको जुस पिउनुको फाइदाहरु WATCH VIDEO NEWS

7:44 PM

 काठमाडौँ , संसारमा ५ हजार बर्ष पुरानो औषधि मानिने घ्युकुमारी लाई सर्बो औषधिको रुपमा पनि लिने गरिन्छ । जसको प्रयोग बाट गर्मीजन्य रोगबाट मुक्ति पनि मिल्दछ । संसार भरमा घ्युकुमारीको झन्डै २ सय ५० प्रजाति पाइने गर्दछ । त्यस मध्य बार्बाडेन्सीस लाई सबैभन्दा प्रभावशाली प्रजातीको घ्युकुमारी मानिन्छ । मानब शरीरको विकासका लागि आवश्यक २१ वटा एमिनो एसिड मध्य १८ वटा एमिनो एसिड घ्युकुमारीमा पाइने गर्दछ ।

घ्युकुमारीको जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ । घ्युकुमारीमा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ । घ्युकुमारीको प्रयोगले हाम्रो शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी गर्छ ।

घ्युकुमारीको जुस पेटको रोगलाई फाइदा पुर्याउँछ ।गर्मीका कारण हुने विभिन्न खाले पेटका समस्याबाट समेत यसले मुक्ति दिने गर्दछ । घ्युकुमारीको जुस नियमित सेवन गर्नाले पेटको सम्पूर्ण विकार पदार्थ बाहिर निस्किने गर्छन् । घ्युकुमारीको जुसले रगतको सञ्चालनलाई ठिक पर्नुका साथै रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यसैगरी मुटुका रोगका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।

You Might Also Like

0 comments