साउनमा बेलपत्रको यस्तो महत्व, जसले सिकाउँछ धन आर्जन ग READ MORE NEWS

7:52 PM



एजेन्सी । बेलका पत्रलाई साक्षात शिव भगवानका रुपमा लिइन्छ । शिवपुराणमा उल्लेख भए अनुसार बेलको बोटको फेदमा सबै तर्थिस्थानहरु हुन्छन् ।

त्यसैले पनि बेलको रुखको पुजाका विषयमा धार्मिक कारण मात्रै नभई कैयन बैज्ञानिक कारणहरु पनि जोडीएका छन् ।

यस्ता छन् बेलको रुखसँग जोडीएका धार्मिक र आर्युवेदक कारणहरु :



शिवपुराणका अनुसार शिवलिंगमा हरेक दिन बेलपत्र चढाएर पुजा गरेको खण्डमा हरेक गरिवीबाट टाढा बच्न सकिन्छ । त्यस्तै मानिसले सबै सुख सुबिधा प्राप्त गर्न सक्नेछन् ।



साउनमा बेलको रुख रोपेको खण्डमा अथवा त्यो सम्भव नभए एक वर्षसम्म श्री सुक्तको पाठ लगाएको खण्डमा नियमित धन प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।



बेलको रुखको तल रहेको शिवलिगंको पुजा गरेको खण्डमा सबै मनोकाक्षां पुरा हुन्छ ।



बेलका पत्रले शिव भगवानको पुजा आरधाना गरेमा सबै पाप पखालिन्छ भन्ने विश्वास छ ।



बेलका पत्र खानाले ग्याष्ट्रिक, पाचन शक्तिमा बृद्धि, पित्त थैलीमा देखिने असर लगायतका समस्याहरुबाट मुक्त हुन सकिन्छ ।

You Might Also Like

0 comments