उपत्यकामा थप एक ठाउँमा ग्यास खोजी READ MORE NEWS

4:59 AM

काठमाडौँ / खानी तथा भूगर्भ विभागले उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने कार्यमा जुटेको छ । विभागविभागका प्रवक्ता कृष्णदेव झाले पहिलेका पुरिएका ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउन कार्य भइरहेको आज जानकारी गराउनुभयो । “पहिलेका १४ भन्दा फरक ठाउँमा हामीले ग्यास पत्ता लगाइरहेका छौँ”, उहाँले भन्नुभयो – “त्यसका लागि बजेट विनियोजन गरेर कार्य सुरु गरिसकेका छौँ ।”
gas
यसअघि उपत्यकामा १४ ठाउँमा मिथेन ग्यास पाइएर इनारसमेत खनिइसकेको छ । तर अहिले इमाडोलमा रहेको इनारबाहेक सबै पुरानो भएकाले बन्द रहेको अवस्थामा छन् ।

इमाडोलस्थित खरिबोट क्षेत्रमा रहेको इनार भने ग्यास भण्डारण गर्नका लागि गतवर्ष पुनः खनिएको थियो ।

भारतीय नाकाबन्दीका कारण ग्यास अभाव भएपछि सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो । उहाँका अनुसार अहिले विभागले विभिन्न ठाउँमा गएर अध्ययन गरिरहेको छ । “पहिले ग्यास पत्ता लगाउँछौँ । अनि कति ग्यास निस्कन्छ, त्यो पत्ता लगाउँछौँ”, उहाँले भन्नुभयो – “अनि ग्यासलाई सङ्कलन गर्छांै ।”

विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले ग्यास पत्ता लगाई यसै आवमा इनार खनिने जानकारी गराउनुभयो ।

सरकारले सन् १९८२ मा टेकुमा रहेको मिथेन ग्यासलाई प्लान्ट बनाई प्रयोगमा ल्याएको थियो ।

एक अध्ययनले उपत्यकामा रहेको ग्यासले २० वर्षसम्म ५० हजार परिवारलाई खाना पकाउन पुग्ने तथ्य सार्वजनिक गरेको थियो ।
यसैगरी विभागले उपत्यकामा रहेका ग्यास भण्डारण गर्नका लागि मोबाइल ग्यास परीक्षण प्लान्ट बनाउन थालेको छ ।

शाखा प्रमुख श्रेष्ठले उपत्यकामा रहेको ग्यास कति मात्रामा रहेछ पत्ता लगाई सङ्कलन गर्नका लागि प्लान्ट बनाउन थालिएको बताउनुभयो ।

उहाँका अनुसार करिब रु २० लाखमा प्लान्ट बनाउन थालिएको छ ।

“ग्यास सङ्कलनका लागि अरु ठाउँमा पनि लैजान सकिने भएकाले मोबाइल प्लान्ट बनाउन थालेका हौँ”, उहाँले भन्नुभयो – “पहिलो चरणमा हामीले इमाडोलमा रहेको ग्यासलाई प्लान्टमा जम्मा गर्छौँ ।”

यसअघि टेकुमा मिथेन ग्यास सङ्कलनका लागि बनाइएको प्लान्ट बिग्रिएर थन्किएको छ । रासस

You Might Also Like

0 comments