पूर्व अर्थमन्त्री महतले भ्रष्टाचारबाट जोगिन लोकमानको परिवारलाई नै बोलाएर घरमा भोज खुवाए READ MORENEWS

8:10 PM

काठमाडौं, ५ साउन । खोजी भयो आर्यघाटमा उनी थिए भोramsharan-mahatजमा मग्न । आखिर सबैका लागि आ–आफ्नो दुनो सोझ्याउनु न छ ! साथीका बुबा मरे, तिनलाई एक थुगां फूलले भए पनि आर्यघाटमा श्रद्धाञ्जलि चढाउनुपर्छ भनेर पनि ई नेता गएनन् । किनभने, उनका लागि साथिको बाबुभन्दा आफ्नो दुनो सोझ्यानु नै निको लाग्यो । एसीयाको उत्कृष्ट अर्थमन्त्री डा.रामसरण महतले यस्तो गरेका हुन् । कांग्रेस नेता, सांसद तथा पूर्वमन्त्री बलबहादुर केसीका बुबा लालबहादुरको निधनपछि अन्तिम श्रद्धाञजली अर्पण गर्न काठमाण्डुमा भएजतिका कांग्रेस र गैरकांग्रेसी पनि पुगे । तर महत नपुग्नुमा अख्तियार प्रमुख लोकमानसिंह कार्की बाधक बनेका रहेछन् । उनले त्यसदिन लोकमानसहित उनको परिवारका सदस्यका लागि मण्डिखाटारस्थित घरमा भव्य भोजको आयोजना गरेको थिए । भोजको उद्देश्य थियो, अख्तियारमा परेको एउटा उजुरीबाट मुक्त हुनु । त्यसो त पोहोरको महाभूकम्पपछि राहत र उद्दारकाक्रममा भएका अनेकन भ्रष्टचारका मामिला त्यसबेलाको अर्थमन्त्रीका हैसियतले महतले झेल्नुपर्ने हो । तर, मिलेमतोकै कारण काठमाण्डुका एलडीओ तीर्थ भट्टराईलगायत तलका कर्मचारी भटाभट कारबाहीमा पर्दैछन् तर अर्थमन्त्री अहिल्यसम्म चोखै । –जनआस्था साप्ताहिकबाट

You Might Also Like

0 comments