सरकारी जागिरको सपनामा बेरोजगारबाट करोडौं उठाउँदै सरकार READ MORE NEWS

6:24 PM



काठमाडौं, १५ साउन । शिक्षक सेवा आयोगले निमावि शिक्षकको विज्ञापन गर्दा एक जनासँग सात सय रुपैयाँ दरले उठायो । समावेशीतर्फ फारम भर्नेले थप पाँच सय रुपैयाँ तिरे । एक हजार एक सय १७ पदका लागि एक लाख १६ हजार तीन सय ४० जनाले आवेदन दिएका छन् ।
singhdurbar
सात सयको दरले आठ करोड १४ लाख हुन्छ। यसमा समावेशीतर्फ फारम भर्नेहरुले तिरेको थप ५/५ सय रुपैयाँ जोडिएको छैन । परीक्षा शुल्क तिर्ने बेरोजगार युवा छन् ।निमावि तृतिय तहका एक शिक्षकले २३ हजार एक सय तलब पाउँछन् । बेरोजगारले परीक्षा शुल्कबापत तिरेको रकमले एक हजार १ सय ७ निमाविका लागि शिक्षकलाई तीन महिनाको तलब खुवाउन पुग्छ ।

आयोगले यसअघि मावि तहको ६ सय ११ शिक्षक पदका लागि विज्ञापन हुँदा ४० हजारले आवेदन दिएका थिए । उनीहरुबाट पनि झन्डै तीन करोड रुपैयाँ परीक्षा शुल्क उठेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ

You Might Also Like

0 comments