माओवादीबाट को–को बन्लान् मन्त्री read more news

8:29 PM

काठमाडौं, ३ साउन । नौ महिना अघि आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ । नेपाली कांग्रेसका मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा छन् । नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को–को मन्त्री हुने भन्ने गृहकार्यसँगै विवाद समेत चर्किरहेको खबर छ । नेपाली कांग्रेस र माओवादीबीच आन्तरिक सहमति अनुसार, काग्रेसलाई १३ र माओवादीलाई ९ मन्त्रालय बाँडिने भएको छ । तर, कुन दललाई कुन मन्त्रालय भन्ने विषय टुंगिएको छैन् । अध्यक्ष, प्रचण्डले दुवै दलका दोस्रो तहका नेताहरुलाई मनत्रालय टुंग्याउने जिम्मा दिएका हुन् । Mao-Meet-1

You Might Also Like

0 comments