ताप्लेजुङमा पहिरोमा फसेका ७ परिवारलाई डाँडाँमा सारियो read more news

10:08 PM



श्रावण ३, २०७३- तापेथोक गाउँ विकास समितिको सोत्लुङमा गएको पहिरोको बीचमा फसेका ७ परिवारलाई प्रहरी र स्थानीयले सोत्लुङमाकै डाँडाँको गाउँमा सारेका छन् ।

आइतवार दिउँसो तापेथोक प्रहरी चौकिका असई प्रदीप राईको नेतृत्वमा गएको प्रहरी र लेलेप र तापेथोक गाविसबाट गएका दर्जनौं स्थानीयबासीको सकृयतामा लामाटार, जौवारी र हेक्कुलेमा रहेकाहरुलाई उनीहरुको अनुकुलता अनुसार सारिएको हो

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले उद्धारकर्मिको टोलि पुग्दा तीन परिवार डाँडाँमा सरिसकेको र बाँकी रहेकाको लत्ताकपडा, खाद्यान्न भाडावर्तन जस्ता सामान सारेको बताए ।

पहिरोमा हराएकी भनिएकीचन्द्रमाया राई भेटिएको र मनिता राई भने नभेटिएको पाण्डेले बताएका छन् । प्रहरीको टोली अहिलेपनि त्यही रहेको र पाल लगायतका सामान आवश्यक परे तुरुन्तै पठाउने उनले बताए ।

उद्दारमा गएका लेलेप ७ का जीवन राईका अनुसार तीन जनाको परिवार भएको देउकुमार राई र ५ जनाको परिवार भएको टिकाराम राईलाई राजकुमार राईकोमा सारिएको छ ।

३ जनाको परिवार भएको सन्तु राई र ४ जनाको परिवार भएको पदम लिम्वुको परिवार सन्तुको गाई गुवालीमा बसेका छन् । ५ जनाको परिवार भएको वतङवा राईलाई भागिमान राईकोमा राखिएको छ ।कान्तिपुर बाट

You Might Also Like

0 comments